ⓘ Free online encyclopedia. Did you know? page 10



                                               

खड्क बहादुर बस्याल (सार्की)

खड्क बहादुर बस्याल समानुपातिक तर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने खड्कबहादुर बस्याल सार्की सुर्खेत, उत्तरगंगाका स्थायी बासिन्दा हुनुहुन्छ। २०२१ सालमा वामपन्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका सार्की नेपाली कांग्रेसमा २०३६ सालदेख ...

                                               

खड्ग बाहादुर विश्वकर्मा

खड्ग बाहादुर विश्वकर्मा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सविधान सभा सदस्य, माओवादी सम्मिलित अन्तरिम मन्त्रीपरिषदमा कृषि मन्त्री हुनुहुन्थ्यो। कर्णाली अञ्चलबाट मन्त्रीपरिषदमा क्याबीनेट मन्त्रीको हैसियतमा प्रतिनिधित्व गर्ने दलित मन ...

                                               

खड्ग रानाभाट

खड्ग रानाभाट एक नेपाली भूपू राष्ट्रिय खेलाडी हुन्। जसले नेपालका तर्फबाट फुटबल, भलिबल, एथलेटिक्स लगाएका खेलहरूमा सहभागीता जनाएका थिए। उनी पोखरा स्पोर्ट अवार्ड २०७४मा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका थिए।

                                               

खड्गजीत बराल

खड्गजीत बराल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्। प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिङ्गापुर फ्रेन्च इन्डो-चाइना को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए। बर्म ...

                                               

खड्गप्रसाद ओली

खड्गप्रसाद शर्मा ओली नेपालका राजनीतिज्ञ तथा वर्तमान प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री बनेका ...

                                               

खड्गबहादुर सिंह

खड्गबहादुर सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।

                                               

खप्तड बाबा

डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विक्रम संवत १९८६ मा नेपाल आएका थिए । संन्यास लिनु पूर्व उनी प्रतिभावान् डाक्टर थिए । ...

                                               

खिमलाल देवकोटा

खिमलाल देवकोटा अन्तरिम व्यवस्थापिका विधायक रहीसक्नुभएका सभासद्, माओवादी राज्य समिति सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। अन्तरिम सविधान, ०६३को सविधान मस्यौदा समितिको एक सदस्य हुनुहुन्छ देवकोटा। ०३६ देखि राजनी ...

                                               

खिलराज रेग्मी

खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त ...

                                               

खुमा सुबेदी

खुमा सुबेदी माओवादीका समानुपातिक तर्फबाट विजयी संविधान सभा सदस्य, वाइ. सी. एलको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। माओवादी जनयुद्धमा मारिएका डोल्पा जिल्लाका सचिव नन्दप्रसाद न्यौपानेकी पत्नी खुमा २०४६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरू ...

                                               

खेमराज केशवशरण

संस्कृतमा व्याकरणतीर्थ र साहित्याचार्य तथा अङ्ग्रेजीको राम्रो ज्ञान भएका आ. खेमराज केशवशरण आध्यात्मिक विदवान् एवं कविका रूपमा परिचित छन् । महेन्द्र संस्कृत विश्वविद्यालयका निवृत्त प्राध्यापक खेमराजको आध्यात्मिक प्रवचन कला उत्कृष्ट रहेको देखिन्छ । ...

                                               

गगन थापा

थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृह मा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो । गगनको बा ...

                                               

गगनसिंह थापा

थापाको जन्म वि.सं. २००५ भदौ ५मा अछामको दर्ना गाविस पाटेखेतमा भएको हो। टिकापुरको कैलाली हुँदै हाल काठमाडौंमा बस्दै आएका थापाले शुरूमा ३ वर्ष प्रहरीमा र पछि शिक्षण सेवा गरेका थिए। उनी वि.सं. २०२९ देखि कैलालीमा बसे। वि.सं. २०३६ सम्म अरूणोदय माविमा अ ...

                                               

गङ्गालाल श्रेष्ठ

गङ्गालाल श्रेष्ठ नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए। स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकात ...

                                               

गजराज सिंह थापा

गजराज सिंह थापा नेपाली चिया उद्योगका संस्थापक हुन् । उनी नेपाली सेनाका कर्णेल एवम् इलाम गौंडाका बडाहाकिम पनि थिए । उनले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।

                                               

गणेश बहादुर खड्का

गणेश बहादुर खड्का नेपाली कांग्रेसका दैलेख जिल्ला सभापति गणेश बहादुर खड्का सोही जिल्लाको क्षेत्र नं. १बाट निर्वाचित सभासद हुनुहुन्छ। २०२५ सालदेखि राजनीतिमा सक्रिय ६६ वर्षीय खड्का २०४८ र २०५१ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनिनुभएको थ ...

                                               

गणेश रसिक

गणेश रसिक नेपाली साहित्यका कथाकार, कवि र गायक हुन् । यीनको जन्म भोजपुर जिल्लामा भएको हो । पछि उनी इलाम जिल्लामा बसोबास गर्न पुगे । रसिकले इलाममा विष्णु नविन लगायतका साहित्यकारहरूसित साहित्य क्रियाकलाप सुरु गरेका थिए । उनको पुस्तक दसगजामा उभिएरले ...

                                               

गणेश शाह

गणेश शाह नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। उनी हाल नेपाल कम्युनिष्ट पार्टी का महासचिव पनि छन्। शाहले सन् १९७३मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका छन्।

                                               

गणेशप्रसाद रिजाल

गणेशप्रसाद रिजाल अङ्ग्रेजी: Ganesh Prasad Rijal, नेपाली राजनीतिज्ञ थिए । उनको जन्म वि.सं. विक्रम सम्वत १९७७ जेठ ८ गते तदनुसार सन् ११ मे १९२० मा भएको थियो । उनी राणा शासनको विरुद्ध वि.सं. २००७ सालको क्रान्तिमा होमिएका थिए र २०१५ सालको पहिलो प्रतिन ...

                                               

गणेशप्रसाद श्रेष्ठ

वि.सं. २०३१ सालमा संगीत विशारद गरेका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय कार्यरत रहे। रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि उनले निकै वर्ष संगीत निर्देशकको पदमा थिए। उनले नेवारी फिल्म सिलुमा संगीत दिएका छन्। यो ठूलो पर्दामा त्यो नेपाल भाषा ...

                                               

गणेशबहादुर प्रसाईँ

गणेशबहादुर प्रसाई राजनीतिमा पनि उत्तिकै सशक्त थिए । राजनीति गरेबापत उनी २००५ मा पक्राउ परेका थिए । त्यस बेला खुट्टामा नेल ठोकिएकाले उनका कुर्कुच्चामाथि बाँचुन्जेल ठूलठूला गाँठा देखिन्थे । २००७ मा शस्त्रविहीन राजबन्दीलाई रिहा गर्ने घोषणा भएपछि जेल ...

                                               

गर्ड मुलर

गर्ड मुलर पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद स्ट्राइकरको रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ वर्ष ...

                                               

गायत्री जोशी

गायत्री जोशी एक मोडल हुन् जो पछि गएर बलिउड अभिनेत्री बनिन् । उनको पहिलो र एक मात्र बलिउड चलचित्र सन् २००४ को स्वदेस रहेको थियो ।

                                               

गारफिल्ड सोबर्स

गारफिल्ड सेन्ट औब्रुन सोबर्स, गेरी वा ग्यारी सोबर्स को नामले बढी प्रचलित छन्, उनी वेस्ट इन्डिजका भूतपूर्व क्रिकेट खेलाडी हुन् जसले वेस्ट इन्डिजका लागि सन् १९५४ देखि सन् १९७४ सम्म क्रिकेट खेलेका थिए । साथै उनलाई अहिले सम्मको क्रिकेट इतिहासमा बृहत ...

                                               

गिनी रोमेटी

भर्जिनिया मारी "गिनी" रोमेटी एउटा अमेरिकी व्यापार कार्याकरी हुन् । उनी वर्तमानमा आइबिएमका सिइओ हुन् । तथा पहिलो महिला हुन् जसले यस कम्पनीको कार्यभार सम्भालेको हो ।सन् २०१२ जनवरीमा अध्यक्ष तथा सिइओ बन्नु भन्दा पूर्व उनी आइबिएम कम्पनीको वरिष्ठ उपाध ...

                                               

गिरीराज मणि पोखरेल

गिरिराज मणि पोखरेल नेपालका राजनीतिज्ञ तथा वर्तमान शिक्षामन्त्री हुन्। उनी विगतमा स्वास्थ्यमन्त्री बनेका थिए। उनी एनेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्य मा चुनिएका थिए।

                                               

गिलियन एन्डरसन

गिलियन लेह एंडरसन अगस्ट ९, १९६८) एक अमेरिकी अभिनेत्री हुन्। नाटकहरूबाट आफ्नु करियरको सुरुवात गर्ने वाली एंडरसनले अमेरिकी दूरदर्शन धारावाहीक द एक्स-फाइल्स मा विशेष दलाल डाना स्कुलीको अभिनयबाट अन्तर्राष्ट्रीय पहिचान प्राप्त गरिन्। उनीले द हाउस अफ म ...

                                               

गीता त्रिपाठी

गीता त्रिपाठी नेपाली कवि तथा गीतकार हुन्। नेपाली साहित्यमा स्पष्ट पहिचानसहित सिर्जनारत त्रिपाठीका कविता, गीत तथा समालोचनाका करिब एक दर्जन पुस्तक प्रकाशित रहेका छन्। पद्मकन्या स्वर्ण पदक तथा सर्वोत्कृष्ट गीतकार पुरस्कारलगायत विभिन्न पुरस्कार तथा स ...

                                               

गुञ्जमान सिंह

गुञ्जमान सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। पद्म शमशेरले नेपाल सरकार वैधानिक कानुन २००४ बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदा ...

                                               

गुणराज अवस्थी

गुणराज अवस्थी एक चर्चित उदाहरणीय चिकित्सक हुन् । उनको जन्म २०१९ कार्तिक २१ गते महाकाली अञ्चल,दार्चुला जिल्लाको शंकरपुर गाविस, वडा नं ४ पस्तीमा भएको थियो । उनको बुवाको नाम विष्णु भक्त अवस्थी र आमाको नाम गोमा अवस्थी हो । २०४७ कार्तिक ५ गते स्वास्थ् ...

                                               

गुणराज लुइटेल

गुणराज लुइँटेल नेपालका एक पत्रकार हुन् । उनले युगसम्वाद साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । गुणराज लुइँटेल यसअघि अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक भएका थिए। कान्तिपुर दैनिक र नागरिक दैनिकमा समेत उनले लामो समय काम गरेका थिए। अ ...

                                               

गुरदीप कोहली

गुरदीप कोहली एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जो स्टार प्लसको धारावाहिक "संजीवनी"मा डा जूही र जी टीवीको धारावाहिक "सिंदूर तेरे नाम का"मा वेदिकाको रूपमा सबैतिर जनिने गर्छिन्। हालमा नै उनी सोनी टिभीको धारावाहिक दिल की बातें दिल ही जानेमा कार्य गर् ...

                                               

गुरु नानक

गुरु नानक, सिख धर्मका संस्थापक, सिखहरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ । गुरु नानकका वाणीहरु सिखहरूको धार्मिक ग्रन्थ गुरु ग् ...

                                               

गुरूप्रसाद मैनाली

उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो। उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो। ...

                                               

गेहेन्द्र शमशेर

जनरल श्री श्री श्री महाराजकुमार गेहेन्द्र शमशेर राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा हुन्। उनले विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए।गेहेन्द्र शमशेरलाई नेपाल को पहिलो वैज्ञानिक मानिए पनि उनी केवल प्राविधिक मात्र थिए।

                                               

गोकर्ण राई

गोकर्ण राई सोलुखुम्बुमा स्थायी बसोबास भएका गोकर्ण राई समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५० वर्षीय राईले २०३१ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा २०४६ सालमा ४ महिना र त्यस अघि तथा पछि उहाँले ...

                                               

गोपाल किराँती

पूर्वमन्त्री बलबहादुर केसीलाई हराएर खम्बु सभासदमा चुनिनुभएको थियो। माओवादी केन्द्रीय सदस्यसमेत रहनुभएका खम्बु माओवादीको पोलिटब्युरो सदस्यसमेत रहनुभएको थियो। ०४० देखि खम्बु राई राजनीतिमा लाग्नुभएको थियो। खम्बुवान राष्टिय मुक्तिमोर्चाको रूपमा उहाँल ...

                                               

गोपाल ठाकुर

गोपाल ठाकुर बारा, कचोर्वा निवासी गोपाल ठाकुर समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयवाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर ठाकुर एमाले संगठित सदस्य र केन्द्रीय सांस्कृतिक विभागका समेत सदस्य हुनुहुन्छ। जातिगत विभेद र प्र ...

                                               

गोपाल पराजुली (कवि)

गोपालको जन्म बाबु जीवनाथ पराजुली र आमा थिर कुमारीका सुपुत्रका रूपमा वि.सं. २००४ साल पुस २ गते बुधबारका दिन कोटेश्वर, काठमाडौंमा भएको हो। उनको पूरा नाम गोपालप्रसाद पराजुली हो। उनले नेपालीमा एम्. ए. गरेका छन्।

                                               

गोपाल पाण्डे

राणा शासनको अन्धकारमा पनि एउटा बलियो प्रतिभाका रूपमा गेहेन्द्र शमशेरभन्दा बीसौं वर्षअगाडि जन्मेका पण्डित गोपाल पाण्डेले मूलरूपमा गणितको क्षेत्रमा ठूलो योगदान दिएका थिए। साधारणतया वर्गमूल गर्ने विधि भएको अंकगणितमा उनले घनमूल ल्याउने सरल र उपयुक्त ...

                                               

गोपाल सिंह बोहोरा

गोपाल सिंह बोहोरा कुनै धर्मविशेषमा नभई प्रकृतिपूजामा विश्‍वास राख्‍ने दार्चुला, व्यासीका गोपालसिंह बोहरा समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। ६५ वर्षीय बोहरा नेपाली सेनामा ३५ वर्ष सम्म सेवा गरेर सहायक रथी पदबाट २०५५ सालमा अवकाश लिएपछि २ ...

                                               

गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ स्याङजा क्षेत्र नं.१बाट विजयी सभासद हुनुहुन्छ। ३ छोरा र ६ छोरी सहित नौ जना सन्तानका पिता श्रेष्ठ २०४८ र २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो। उहाँले भौतिक योजना तथा निर्माण ...

                                               

गोपालराज मैनाली

नेपाली चलचित्र वृत्तमा चङ्खे नामबाट चर्चित गोपालले चार दशक हास्य अभिनयमा बिताएका उनको पहिलो चलचित्र हिजो आज भोलि हो। वि.सं. २०२४मा हीरा सिंह निर्देशित यो चलचित्रमा उनी सानो भूमिकामा थिए। वि.सं. २०३३मा चलचित्र संस्थानले बनाएको सिन्दुरमा चङ्खे र नक ...

                                               

गोबिन्द नेपाली

गोबिन्द नेपाली नुवाकोट जिल्ला, पिपलटारका स्थायी बासिन्दा गोविन्द नेपाली परियार समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। ४६ वर्षीय परियारले २०३७ सालमा राजनीतिक यात्रा थाल्नुभएको हो। हाल एमाले वाग्मती अञ्‍चल समन्वय समितिका सदस्य परियारले यसअघ ...

                                               

गोमा

गोमा को जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । एउटा सिङ्गो इतिहास बोकेकी शारदाकालीन कवयित्री दुःख, आँशु, व्यथा र जलनकी कवयित्री भएर पनि समाजलाई दिश ...

                                               

गोरखापत्र बाजे

१९८९ असोजमा पोखरामा जन्मिएर जीवनको अधिकाश समय पत्रिका वितरणमा विताएका चन्द्रकान्त पौडेलको सवैले चिन्ने नाम गोरखापत्र बाजे हो |२२ माघ २०६९मा निधन भएका ८१ वर्षिय चन्द्रकान्तलाईले २९ वर्षमा थालेको पत्रिका बाँड्ने काम उनले निधन हुन अघिसम्म गरिरहे। ला ...

                                               

गोविन्द टण्डन

डा. गोविन्द टण्डन नेपालका संस्कृतिविद् तथा शाकाहार प्रवर्द्धक हुन्। उनले पशुपतिनाथ मन्दिरको सांस्कृतिक महत्त्व विषयमा विद्यावारिधि गरेका छन्। उनी हाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुन्। उनले पशुपतिनाथ सम्बन्धि अध्ययन अनुसन्धान गरी पुस्तकह ...

                                               

गोविन्द बहादुर मल्ल

गोविन्द बहादुर मल्ल" गोठाले” नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र ...

                                               

गोविन्दप्रसाद कलौनी

गोविन्दप्रसाद कलौनी नेपालको कर्णाली प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । बैतडीमा जन्मिएका उनले डडेल्धुरा र कञ्चनपुरलाई पनि कार्यथ ...

                                               

गोविन्दराज भट्टराई

प्रा. डा. गोविन्दराज भट्टराई अङ्ग्रेजीका प्राध्यापक हुनुहुन्छ। उहाँ अनुवाद साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ। उहाँको जन्म २०१० साल चैत ४ गते भएको हो।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →