Back

ⓘ शुदुर-पश्चिम सेवा समाज युएई. सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरीब असहायहरूलाई सकिदो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको ..



                                     

ⓘ शुदुर-पश्चिम सेवा समाज युएई

सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरीब असहायहरूलाई सकिदो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको शिलशिलामा यू.ए.ई.मा कार्यरत नेपालीहरूको हितका लागि संगठित रूपले अघाडि बढ्न ०२ जनवरी २०१५ मा सम्पन्न सुदूरपश्चिमबासीहरूको भेलामा ब्यापक छलफल गरी आफ्ना गतिबिधिहरूलाई संञ्चालन गर्ने हेतुले एक स्वतन्त्र / गैर राजनीतिक / गैर नाफामुलक संस्थाको रूपमा स्थापित सम्पन्न प्रथम अधिवेशनको निर्णय बमोजिम सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को गठन एबं संञ्चालनका लागि यो बिधान लागु गरिएको हो ।

                                     

1. स्थापना

  • यो संस्थाको नाम नेपालीमा सुदूरपश्चिम सेवा समाज यू.ए.ई. रहनेछ । र छोटकरीमा सु.प.से.स. रहनेछ,भने अङ्ग्रेजीमा Far-west welfare society U.A.E.र छोटकरीमा F.W.W.S. रहनेछ ।
  • संस्थाको स्थापना मिती ०२ जनवरी २०१५ लाई मानिनेछ ।
                                     

2. उदेश्य

सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को बिधानको दायरा भित्र रहि यू.ए.ई.मा वैदेशिक रोजगारीको शिलशिलामा रहेका सुदूरपश्चिमवासीहरूमा आपसी मेलमिलाप,सदभाव,सहयोग,भाईचारा एबंम एकताको सुत्रमा बाँध्दै सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरीब असहायहरूलाई सकिदो सहयोग गर्ने र यू.ए.ई.मा नेपालीहरूलाआई पर्ने समस्याहरु समाधान गर्ने मुख्य उद्देश्य रहनेछ । यि उदेश्यहरु प्राप्त गर्नका लागि सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले निम्न बमोजिम कार्यहरु गर्नेछ ।

  • यू.ए.ई.मा कार्यरत सुदूरपश्चिमवासीहरूको हक र

हितको संरक्षण गर्नेछ ।

  • यू.ए.ई.का विभिन्न नेपाली सङ्घ संस्थाहरु र यहाँ कार्यरत सम्पूर्ण नेपालीहरु बिच आपशी मेलमिलाप र समधुर सम्बन्ध कायम गरी हातेमालो गर्दैअघाडि बढ्नेछ ।
  • सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरीब असहायहरूलाई सकिदो सहयोग गर्नका लागि कृयाशील रहने छ ।
  • यू.ए.ई.मा नेपाली भाषा / साहित्य विशेष देउडा र संस्कृतिको प्रबर्द्दन गर्नेछ ।
                                     

3. पदाधिकारीहरू

  • सदस्य श्री डम्बरराज जोशी डडेल्धुरा
  • सदस्य श्री जय बि. क. कैलाली
  • सदस्य श्री दिनेस बिष्ट डोटी
  • सदस्य श्री भिम बहादुर सिंह बझाङ
  • सदस्य श्री प्रभुराज सन्जाल बाजुरा
  • वरिष्ठ उपाध्यक्ष श्री चेतन थापा बाजुरा
  • सदस्य श्री भरत चन्द बैतडी
  • उपाध्यक्ष श्री जयराज जोशी दार्चुला
  • सल्लाहकार श्री प्रयाज्ञराज भण्डारी अछाम
  • सल्लाहकार श्री लक्ष्मण अधिकारी कञ्चनपुर
  • सचिब श्री केशब गिरी बैतडी
  • कोषाध्यक्ष श्रीमती टिकेश्वरी भण्डारी बोगटी डोटी
  • सदस्य श्री चक्र कठायत डोटी
  • अध्यक्ष श्री शिबराज जोशी डोटी
  • प्रबक्ता श्री खेमराज खनाल कैलाली
  • सल्लाहकार श्री लोकेन्द्र बम बझाङ
  • सदस्य श्री डम्बर सबरवोली कञ्चनपुर
  • महासचिव श्री मान बहादुर के.शी."मुस्कान" अछाम
  • सल्लाहकार श्री दिलु ढोली कैलाली
  • सदस्य श्री धनीराम भण्डारी अछाम
  • सदस्य श्री धन बहादुर खड्का कैलाली
                                     

4. कार्य क्षेत्र

सुदूरपश्चिम सेवा समाज यू.ए.ई. तत्काल यू.ए.ई.मा मात्रै गठन गरिएको छ, भबिश्यमा यो संस्थालाई अरु देशमा पनि गठन गर्नका लागि पहल गरिनेछ । सुदुर पश्चिम सेवा समाजका अध्यक्ष श्री शिवराज जैशी यू.ए.ई.ले गठन गर्नु मन-बचन- कर्मले समर्पित हुँदै त्याग समर्पण गरी आफ्नो अमुल्य समय दिएर बिधान लेखन देखि अन्य सम्पूर्ण कार्यमा अतुलनिय तथा प्रशंसनिय योगदान पुर्याउनु भएकोमा समाजका महासचिब मानबहादुर केसी"मुस्कान"लाई हृदय देखि नै धन्यवाद दिनु भएको थियो, शायद आज "मुस्कान" ज्यू यू.ए.ई. मा नहुनु हुदो हो त हाम्रो यो समाज गठन हुने थिएन ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →