Back

ⓘ आर्थिक विचारको इतिहासमा अर्थशास्त्र विषयका उद्गम स्रोत दुइवटा मानिन्छन्– एउटालाई पाश्चात्त्य अर्थशास्त्र भनिन्छ भने अर्कोलाई पूर्वीय अर्थशास्त्र भनिन्छ । ..



                                               

नेटफ्लिक्स

नेटफ्लिक्स, निगम एक अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक र उत्पादन कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ। नेटफ्लिक्सको स्थापना सन् १९९७ मा, स्कोट्स उपत्यका, क्यालिफोर्नियामा रिड हास्टिङ्ग्स र मार्क रान्डोल्फले गरेका थिए। कम्पनीको प्राथमिक व्यवसाय यसको सदस्यता आधारित प्रवाह सेवा हो जसले चलचित्र टेलिभिजन शृखलाहरूको पुस्तकालयबाट अनलाइन प्रवाह सेवाहरू प्रदान गर्दछ भने यसका सेवाहरूमा घर भित्र छायाङ्कन गरिएका उत्पादनहरू पनि समावेश छन्। अप्रिल २०२० सम्म, नेटफ्लिक्सको विश्वव्यापी सशुल्क सदस्यताहरूमा आधारित ग्राहकहरूको सङ्ख्या १९.३ करोड रहेको थियो जहाँ संयुक्त राज्य अ ...

                                               

गूगल एडवर्ड्स

गुगल एड्स, पहिले गुगल एडवर्ड्स गूगलको प्रमुख विज्ञापन उत्पादन एवं आय स्रोत हो। २०१० मा गूगलको कुल विज्ञापन आय २८ बिलियन अमेरिकी डालर थियो। ऐडवर्ड पे-पर-क्लिक) विज्ञापन, कस्ट-पर-थाउजहरुड) र टेक्स्ट, बैनर तथा रिच-मीडिया विज्ञापनहरु हेतु साइट-लक्ष्यांकित विज्ञापनको सुविधा दिन्छ। एडवर्ड्सका कार्यक्रममा स्थानीय, राष्ट्रीय र अन्तर्राष्ट्रिय वितरण आउँछन्। गूगलका टेक्स्ट विज्ञापन संक्षिप्त हुन्छन्, यिनमा एक प्रमुख पंक्ति र दुइ अतिरिक्त पंक्तिहरु हुन्छन्। चित्र भएका विज्ञापन अनेक भिन्न इंटरएक्टिव एडवरटाइसिंग ब्यूरो)का मानक आकार भएका विज्ञापनहरु मध्येको एक हुन सक्छन्. गूगलका एडवर्ड्स प्रभागको बिक्री ...

                                     

ⓘ आर्थिक विचारको इतिहास

आर्थिक विचारको इतिहासमा अर्थशास्त्र विषयका उद्गम स्रोत दुइवटा मानिन्छन्– एउटालाई पाश्चात्त्य अर्थशास्त्र भनिन्छ भने अर्कोलाई पूर्वीय अर्थशास्त्र भनिन्छ ।

                                     

1. पाश्चात्त्य अर्थशास्त्र

रोमन विचारक

प्राचीन रोमन विचारकहरूमा सिसेरो, सेनेका, प्लिनी द एल्डर, मारकस औरेलियस, एपिक्टेटस, ल्युक्रेशस, आदि पर्दछन् । यी सबैले कृषि, वाणिज्य र श्रम विभाजन आदि आर्थिक विषयमा विचार गरेका छन् ।

                                     

1.1. पाश्चात्त्य अर्थशास्त्र रोमन विचारक

प्राचीन रोमन विचारकहरूमा सिसेरो, सेनेका, प्लिनी द एल्डर, मारकस औरेलियस, एपिक्टेटस, ल्युक्रेशस, आदि पर्दछन् । यी सबैले कृषि, वाणिज्य र श्रम विभाजन आदि आर्थिक विषयमा विचार गरेका छन् ।

                                     

1.2. पाश्चात्त्य अर्थशास्त्र वणिकवाद

प्लेटोका आर्थिक विचारको यो परम्परा सुरुमा वाणिज्यवादी र पछि प्रकृतिवादीले अघि विस्तार गरेका हुन् । यिनै प्रकृतिवादीहरूको प्रभावले वेल्थ अफ् नेशन्स पुस्तकको रचना एडम स्मिथले गरेका हुन् । सत्रौँ शताब्दीमा फ्रान्सबाट सुरु भएको विचारलाई वणिकवाद, कोलबर्टवाद, केमरावाद, राजकोषवाद इत्यादि नामले जानिन्छ । वणिकवादले कृषिलाई कम महत्त्व दियो र व्यापारद्वारा धन आर्जनमा जोड दिएको थियो । यस विचारधाराले प्रत्येक देशलाई अधिकाधिक धन थुपार्न प्रेरित गर्यो । यसको फलस्वरुप उपनिवेशवादका अवधारणाहरूको विकास भयो ।

                                     

1.3. पाश्चात्त्य अर्थशास्त्र प्रकृतिवाद

वणिकवादले व्यक्तिको स्वतन्त्रतालाई अत्यधिक नियन्त्रण गरेकोले त्यसको विरोध हुन थाल्यो । यसको नेतृत्व फ्रेन्च दार्शनिक फ्रान्सिस क्वेनेले गरे । यस विचारधाराले वणिकवादको विपरीत कृषिलाई बढी महत्त्व दियो । व्यक्तिगत स्वतन्त्रतालाई अत्यधिक महत्त्व दियो । फ्रान्सका व्यापारीहरूले सरकारसंग लासेज फेयर लासेज पासर अहस्तक्षेप को नीति लागू गर्न जोड दिन थाले । यस नीतिको अर्थशास्त्रीहरूले पनि समर्थन गरे । प्रकृतिवादीहरूले कृषकलाई मात्र अर्थव्यवस्थाको उत्पादक क्षेत्र मानेका छन् ।एडम स्मिथ यसै विचारधाराबाट प्रभावित थिए ।

                                     

1.4. पाश्चात्त्य अर्थशास्त्र एडम स्मिथ

एडम स्मिथ, जसलाई अर्थशास्त्र विषयका जन्मदाताको सम्मान प्राप्त छ, वास्तवमा एक अर्थ चिन्तक, दार्शनिक एवं प्रभावशाली लेखक हुन् । उनको कृति जसलाई छोटकरीमा वेल्थ अफ नेशन्स भनिन्छ, मा नै आधुनिक अर्थशास्त्रको स्रोत रहेको छ ।

                                     

1.5. पाश्चात्त्य अर्थशास्त्र वेल्थ अफ नेशन्सदेखि राजनीतिक अर्थशास्त्रसम्म

यूरोपमा जब अर्थशास्त्र विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्त्व र स्पष्ट नामकरण भएको थिएन । त्यसैले एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने कारणहरूको खोजीको शास्त्र भनेका हुन् । एडम स्मिथको विचारबाट प्रभावित भएर कैयौँ लेखकहरूले यस विषयलाई धन सम्पत्तिको शास्त्र माने । एडम स्मिथले धन वा सम्पत्तिको सम्बन्ध केवल राज्यसंग हुन्छ भन्ने मान्यता राख्दथे तथापि यस विषयलाई पोलिटिकल इकोनोमी भन्नुमा उनलाई द्विविधा थियो । त्यसैले एडम स्मिथले राष्ट्रको सम्पत्ति खोजी गर्ने शास्त्र भन्ने अलमल नाम उल्लेख गरे । तर अङ्ग्रेजीको वेल्थ र संस्कृतको धन शब्दमा एउटा अन्तर छ, त्यो के भने संस्कृतको धन एकवचन र बहुवचन दुवै रूपमा प्रयोग हुन्छ तर वेल्थ शब्दको केवल एक वचनमा प्रयोग हुन्छ, त्यसको बहुवचनमा प्रयोग हुंदैन । यस विषयलाई पाश्चात्त्य लेखकहरूले विभिन्न नाम दिने प्रयास गरेका थिए । कसैले वेल्थ, कसैले क्रेमाटिस्टिक्स, कसैले प्लुटोलोजी नामकरण गरे । अठारौँ शताब्दी भरि यस विषयको नाम पोलिटिकल इकोनोमी अर्थात् राजनीतिक अर्थशास्त्र बढी लोकप्रिय हुन पुग्यो ।



                                     

1.6. पाश्चात्त्य अर्थशास्त्र राजनीतिक अर्थशास्त्रदेखि अर्थशास्त्रसम्म

उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । राज्यले निश्चित गर्ने कर, रोजगार, राजकीआय व्यय, राज्यको सम्पत्ति, राजकीय उद्यम व्यवस्था यी सबै पोलिटिकल इकोनोमी Political Economy का विषय हुन् । तर यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ । यस्ता कुराहरूको राजनीतिसंग बहुधा सम्बन्ध हुदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सोशल इकोनोमिक्स Social Economics भन्नु उचित ठाने । अर्थात् उनीहरूले यसलाई राजनीतिबाट अलग्याउने प्रयास गरे । तर उन्नाइसौ" शताब्दी पछि पुनः इकोनोमिक्स Economics भन्ने प्रचलन भयो । यस विषयलाई अर्थशास्त्र Economics नामकरण गरेर यसलाई लोकप्रिय बनाउन प्रो मार्शलको विशेष योगदान छ । यद्यपि मार्शलले यस नामको प्रयोग गरेका हुन् तथापि उनी आफैंले भने अर्थशास्त्र राजनीतिक अर्थशास्त्र दुवैलाई पर्यायवाची शब्द मानेका छन् । अर्थशास्त्री पल ए सैमुअल्सनले भने आफ्नो पुस्तकलाई केवल इकोनोमिक्स भनेका हुन् । अर्थशास्त्रलाइै लोकप्रिय बनाउन सैमुअलसनको ठूलो योगदान छ ।



                                     

2. पूर्वीय अर्थशास्त्र

हिन्दु, बौद्ध, जैन, इसलाम, ताओ, कन्फ्युशिसय, जापानी विभिन्न संस्कृतिका विचारहरु पूर्वीय हुन् तर यी सबैमा हिन्दु संस्कृति सर्वाधिक प्राचीन र समृद्ध भएको हुनाका साथै संस्कृत भाषामा धर्मशास्त्र, अर्थशास्त्र कामशास्त्रका शयौं पुस्तक उपलब्ध छन् । त्यसैले पूर्वीय वा प्राच्य वा पौरस्त्य भन्नासाथ संस्कृत ग्रन्थका विषय बुझिन्छ । दार्शनिक विवेचनका लागि यसलाई अङ्ग्रेजीमा ओरिएन्टल Oriental र नेपालीमा पौरस्त्य भनिन्छ । अतीतमा अर्थशास्त्र एक प्रतिष्ठित विद्या रहिआएको थियो र अनेक आचार्यहरूले अर्थशास्त्र नाम गरेको ग्रन्थ रचना गरेका थिए भन्ने कुराको प्रमाण कौटिलीय अर्थशास्त्रमा उल्लिखित अर्थशास्त्राणि शब्दबाट स्पष्ट हुन्छ । यस शब्दले बहुवचन जनाउछ । यसबाट कौटिलीय समयमा अर्थशास्त्रका अनेक ग्रन्थ थिए र त्यसका अनेक आचार्यहरु थिए भन्ने प्रमाण प्राप्त हुन्छ । ती मध्ये अधिकांश आचार्यको नाम कौटिल्यले उल्लेख पनि गरेका छन् तर ती आचार्यहरूले रचना गरेका सबै ग्रन्थहरु उपलब्ध छैनन् । मुख्यतः घोकेर ज्ञान हस्तान्तरण गर्नु पर्ने भएकोले अथवा भोजपत्रमा राख्नु पर्ने भएकोले त्यस समयमा ज्ञान सुरक्षित राख्न कति कठिन थियो यो कुरा हामीले अनुमान गर्न सक्छौं । यस विषयको नाम परिवर्तन हुंदै गई नयशास्त्र वा नीतिशास्त्र हुन पुगेको थियो तर पन्ध्रौँ शताब्दी पछि वैदेशिक आक्रमणहरूको राजनीतिक, सामाजिक र सांस्कृतिक प्रभावले गर्दा यो विषय पूर्णतः लोप हुन पुग्यो । आज कस्तो स्थिति उत्पन्न भएको छ भने अर्थशास्त्र विषयका विद्वानहरूलाई पनि थाहा छैन कि पूर्वीय अर्थशास्त्रमा यस विषयका अनेक महत्त्वपूर्ण ग्रन्थ रचना भएका थिए । यस प्रकार एडम स्मिथभन्दा धेरै अघि पूर्वमा अर्थशास्त्र विषयका एक होइन अनेक प्रामाणिक ग्रन्थ उपलब्ध थिए र यो विषय आफ्नो सुविकसित रूपमा थियो ।

                                     

2.1. पूर्वीय अर्थशास्त्र पूर्वीय आर्थिक चिन्तनका स्रोत

पूर्वीय,दर्शन जसलाई प्राविधक शब्दमा पौरस्त्य दर्शन भनिन्छ, का स्रोतहरू वेद, उपनिषद्, स्मृति, ब्राह्मण, नीतिग्रन्थ, पुराण, रामायण, महाभारत, ऐतिहासिक शिलालेख, नीतिकथाहरू, प्राचीन मुद्रा, पुराताित्वक सामग्री आदि अनेक ठाउमा छरिएका छन्, जसको समग्र अध्ययन संभव छैन । विद्वानहरूका अनुसार जुनबेला कल्पसूत्रहरूको रचना पूर्णावस्थामा पुगेको थियो त्यस बेला राजनीतिलाई निर्देशित गर्ने शास्त्रको रूपमा पौरस्त्य अर्थशास्त्र एक प्रामाणिक विषय भइसकेको थियो । धर्मशास्त्रको विकास हुनु अघि अर्थशास्त्र विकसित अवस्थामा रहेको कुरा याज्ञवल्क्य स्मृति, नारदस्मृति र भविष्य पुराणमा उल्लेख छ । अथर्ववेदको ४९औ परिषदमा अर्थशास्त्रलाई ऋग्वेदको उपवेद भनिएको छ । अर्को एक विचार अनुसार अर्थशास्त्र अथर्ववेदको उपवेद हो । विगतमा अर्थशास्त्र एक प्रतिष्ठित विज्ञान रहेको कुरा बौद्ध जातकहरूको विवरणबाट पनि स्पष्ट हुन्छ । जैन ग्रन्थहरु अर्थशास्त्रको विवरण प्राप्त हुन्छ । महाभारत शान्ति पर्व र शुक्रनीति अनुसार ब्रह्माले प्रारम्भमा एक लाख श्लोकको शास्त्र रचना गरे । यस विस्तृत शास्त्रलाई महेश्वर, इन्द्र, बृहस्पति, र शुक्रले क्रमशः संक्षिप्त र सरल गर्दै लगेका हुन् । जायसवालले यस लामो परम्परामा भृगु, राजपुत्र, रैभ्य, जैमिनी, नारद, गौतम, गर्ग, कौशिक, ऋषिपुत्र, हारीत, चारायण, पारस्कर, भारद्वाज, र मनुको योगदान रहेको कुरा उल्लेख गरेका छन् ।

                                     

2.2. पूर्वीय अर्थशास्त्र कौटिल्य पूर्वका आर्थिक विचारक

कौटिल्यले आफ्नो ग्रन्थ रचनाको सन्दर्भमा सर्वप्रथम शुक्र बृहस्पति प्रति कृतज्ञता प्रकट गरेका छन् । शुक्र बृहस्पतिले पैतामहतन्त्रको परम्परामा आआफ्ना ग्रन्थ रचना गरेका बताएका छन् । कौटिलीय अर्थशास्त्रको विषय वस्तु व्याख्या गर्ने क्रममा आचार्य कौटिल्यले ११२ स्थानमा पूर्वाचार्यहरूको कथन, सिद्धान्त, विश्लेषण, र उदाहरणहरू प्रस्तुत गरेका छन् औशनस र भारद्वाजको नाम सात पटक, बृहस्पति, वैशालाक्ष, र पराशरको नाम छ पटक, मनु, वातव्याधि, र पिशुनको पांच पटक, कौणपदन्तको चार पटक, बाहुदन्तीपुत्र आम्भीको नाम एक पटक सन्दर्भ उल्लेख गरिएको छ । अन्य अज्ञातनाम आचार्यहरूलाई मेरो आचार्य, आचार्य वा अन्य भनी उल्लेख छ । यस्ता आचार्यहरूको नाम ५९ पटक उल्लेख छ । महाभारतमा उल्लेख भएको र पितामह ब्रह्माले रचना गरेको स्वतन्त्र ग्रन्थ पाईंदैन । प्राचीनतम अर्थशास्त्रको यो ग्रन्थ संभवतः लोप भइसक्यो ।

                                     

3.1. कौटिल्य र शुक्र कौटिलीय परिभाषा

अर्थशास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति । अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो ।

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–

  • मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
  • अर्थशास्त्रमा विभिन्न स्रोतबाट प्रात गर्ने प्रतिफलको अध्ययन गरिन्छ ।
  • यसका साथै त्यसका वृद्धिका उपायहरू पनि व्याख्या गरिन्छ ।
  • कृषिका लागि प्रयोग गरिने तथा मानिसहरू बसोबास गरिएको भूमि व्यक्ति र राज्यका आयको स्रोत हो ।
                                     

3.2. कौटिल्य र शुक्र शुक्रनीतिमा अर्थशास्त्र

शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ

श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् । सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।

अर्थ– वेद र स्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो । यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्:-

  • परम्परागत ज्ञान वेद तथा प्रचलित कानुन स्मृति मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
  • आदर्शतम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
  • अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो ।
  • अर्थशास्त्र राजकीय प्रशासनसंग पनि सम्बन्धित छ ।
                                     

4. कौटिल्य पछिका अर्थशास्त्रकार

वि.सं. १५४१ मा सोमदेव सूरीद्वारा रचना गरिएको नीतिवाक्यामृत भन्ने पुस्तकमा कौटिल्य पछिका लगभग ३० जना टीकाकारको विवरण छ जसमध्ये २० जना अर्थशास्त्रका विद्वान् भनिएको छ । विचारकहरुका अनुसार, १० औँ शताब्दी देखि १४ औँ शताब्दीसम्म अर्थशास्त्र विषयक विशेष ग्रन्थ उपलब्ध हु" दैन । त्यसपछि १४औ" शताब्दीदेखि १८औं शताब्दीसम्म यस सम्बन्धी ग्रन्थहरू पाइन्छन्, उदाहरणको रूपमा यी ग्रन्थ प्रस्तुत गर्न सकिन्छ– युक्तिकल्पतरु, राजनीति रत्नाकर, राजनीति कल्पतरु, राजनीति कामधेनु, वीरमित्रोदय, र राजनीति मयूख ।

                                     

4.1. कौटिल्य पछिका अर्थशास्त्रकार राजनीति रत्नाकर

कौटिलीय अर्थशास्त्रको उल्लेख राजनीति रत्नाकरमा पाइन्छ । यस ग्रन्थको रचना सिमरौनगढलाई राजधानी बनाएर राज्य सञ्चालन गर्ने राजा हरिसिंहदेवका विद्वान मन्त्री आचार्य चण्डेश्वरले १४ औँ शताब्दीमा गरेका हुन् । उनका पिताको नाम वीरेश्वर तथा पितामहको नाम देवादित्य थियो । उपलब्ध ऐतिहासिक तथ्यहरूको विवरणबाट के स्पष्ट हुन्छ भने नेपालका लागि कौटिल्य समतुल्य यी आचार्य राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए । हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । सिमरौनगढ राज्य मध्यकालीन नेपालको अत्यन्त सभ्य र सुसंस्कृत राज्य मानिन्छ । चण्डेश्वरको ग्रन्थ कौटिलीय अर्थशास्त्र जस्तो विशाल छैन, मनुस्मृति जस्तो प्राचीनतम पनि छैन, तथा शुक्रनीति जस्तो चर्चित पनि छैन तर नेपाल र नेपालीको गौरवको प्रतीक यो ग्रन्थ राजनीति शास्त्री र अर्थशास्त्रीहरूका लागि ज्यादै महत्त्वपूर्ण र विवेचनीय छ । कौटिलीय अर्थशास्त्र, शुक्रनीति, मनुस्मृति र नारदस्मृतिको विषय वस्तुसंग मिल्दो जुल्दो ग्रन्थ हो राजनीतिरत्नाकर । यसमा १६ अध्याय अथवा तरङ्गहरु छन् । राजनीतिरत्नाकर ग्रन्थमा चण्डेश्वरले अर्थशास्त्र विषयको परम्परामा अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, याज्ञवल्क्य, लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, व्यास, शुक्र, श्रीकर, र हारीत १६ जना विद्वान तथा तीनवटा ग्रन्थ भागवत, रामायण, र महाभारतको नाम उल्लेख गरेका छन् । यस ग्रन्थमा कौटिलीय अर्थशास्त्रमा उल्लेख नभएका तीन जना विद्वानहरूको नाम पाइन्छ– कुल्लुक भट्ट, श्रीकर, र लक्ष्मीधर ।



                                     

5. नेपालमा आर्थिक चिन्तनको इतिहास

किरांत कालमा नेपालको ऊनी वस्त्र देश विदेशमा निकै प्रसिद्ध भएको कुरा कौटिलीय अर्थशास्त्रको विवरणले थाहा हुन्छ । मल्लकालिक नेपालको सम्पन्नता इतिहास प्रसिद्ध छ । यसले त्यस समयमा आर्थिक चिन्तनले राजकीय मान्यता पाएको थियो भन्ने तथ्य प्राप्त हुन्छ । पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो । कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे । जंगबहादुर वि.सं.१९०३–१९३४ को समयमा मुलुकी ऐनको निर्माण भयो, त्यस पछिका शासकहरूबाट वैदेशिक रोजगारीको प्रारम्भ, पात्रो प्रकाशन, पुल निर्माण, स्कूल, कलेज र अस्पतालहरूको स्थापना, पुस्तकालय स्थापना, र घण्टाघरको निर्माण जस्ता कामहरू भए । मालपोत उठाउने नयां व्यवस्था पनि त्यसै समयमा सुरु भएको हो । सरकारी समाचार पत्रको प्रारम्भ, आन्तरिक हुलाक सेवाको प्रारम्भ, विद्यालयहरू स्थापना, कर्मचारीहरूलाई कार्यालय समयको निर्धारण, सती प्रथा उन्मूलन, विद्युत केन्द्रको स्थापना, अस्पतालको स्थापना, नेपाली भाषा प्रकाशिनी समितिको स्थापना, रेलवे र रोपवेको निर्माण तथा नेपालको नक्शा निर्माण जस्ता कामहरू रणोद्दीपदेखि चन्द्रशम्शेर वि.सं.१९३४–१९८६ को समयसम्म भइसकेको थियो । उद्योगको रूपमा जूट उद्योग र संयुक्त पू" जी कम्पनीको रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना, उच्च अदालत, र आगो निभाउन संस्थागत दमकल व्यवस्थाको सुरुआत भयो । म्युजियम, चिडियाखानाको स्थापना, आकाशवाणीको प्रचलन, र राष्ट्रिय आर्थिक समितिको गठन पनि यस अवधिमा भयो । नेपाली अर्थव्यवस्थाको प्रारम्भिक सर्वेक्षण अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको समयमा भएको हो । जसको प्रारम्भ नेपालविद् प्रो. टोनी हागेनले गरेका थिए ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →