Back

ⓘ अनिल अम्बानी. अनिलका स्वर्गीय पिता धीरूभाई अम्बानीद्वारा स्थापित रिलायन्स समुह भारतको सबैभन्दा ठुलो ब्यापारिक परिवार हो । उनकी आमा कोकिलाबेन अम्बानी हुन् । उनको ..



                                               

जाह्नवी कपूर

जाह्नवी कपूर एक भारतीय अभिनेत्री हुन् जो हिन्दी चलचित्रहरूमा काम गर्छिन्। श्रीदेवी र बोनी कपूरको जन्म, उनले २०१८ मा प्रेमप्रसङ्गयुक्त नाट्य चलचित्र धडकबाट अभिनय सुरु गरिन्, जुन व्यावसायिक सफलता थियो र उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि जी सिने पुरस्कार प्राप्त भयो।

अनिल अम्बानी
                                     

ⓘ अनिल अम्बानी

अनिलका स्वर्गीय पिता धीरूभाई अम्बानीद्वारा स्थापित रिलायन्स समुह भारतको सबैभन्दा ठुलो ब्यापारिक परिवार हो । उनकी आमा कोकिलाबेन अम्बानी हुन् । उनको विवाह टिना मिनिमअम्बानीसँग भएको हो, उनी सन् १९८० दशकको प्रारम्भिक समयको प्रसिद्ध भारतीय अभिनेत्री थिइन् । उनीहरूका दुई छोरा जय अनमोल र जय अन्शुल भए । अम्बानीले मुम्बई विश्वविद्यालयबाट विज्ञानमा स्नातक उपाधि तथा पेन्सिलभेनिया विश्वविद्यालयबाट एमबीए को उपाधि प्राप्त गरेका छन् ।

                                     

1. जीवनी

अनिल अम्बानी सहायक प्रमुख कार्यकारी अधिकारीको रूपमा सन् १९८३ मा रिलाइन्स समुहमा सामेल भए र भारतीय पुजी बजारमा अनेक वित्तीय सुधार ल्याउने श्रेय यिनैलाइ जान्छ। रिलाइन्स समुह भारतमा कपडा, पेट्रोलियम, पेट्रोरसायन, बिजुली तथा दुरसञ्चार कम्पनि क्षेत्रमा अग्रणी स्थानमा रहेको छ । अनिल अम्बानी समुहका चार फोर्म- रिलाइन्स कम्युनिकेसन RCOM, रिलाइन्स क्यापिटल RCL, रिलाइन्स ईनर्जी REL तथा रिलाइन्स नेचुरल रिसोर्स RNRL मा लगानीको कुल सम्पत्ति १,४२,३८४ करोड रूपैयासम्म पुगिसकेको छ । अम्बानीको धेरै जसो सम्पत्ति रिलाइन्स कम्युनिकेसन RCOM मा रहेको छ जसमा ६५% अंश उनको रहेको छ जसको बजार मूल्य १,०३,००० करोड रुपिया छ । उनी सँग रिलाइन्स क्यापिटल RCL मा ५० प्रतिशत भन्दा बढी बजार मूल्य २४,००० करोड रुपिया, रिलाइन्स ईनर्जी REL मा ३५ प्रतिशत बजार मूल्य १२,७०० करोड रुपिया तथा रिलाइन्स नेचुरल रिसोर्स RNRL मा करीब ५४ प्रतिशत रहेको छ, जसको बजार मूल्य करीब २,६०० करोड रुपिया छ । सन १९९१ मा उनले भारतको तर्फबाट बिश्व बजारमा अन्तरराष्ट्रिय स्तर प्रवेश गरे । रिलाइन्सको बिदेशी वित्तीय बजारमा लगभग २ अरब अमेरिकी डलर जुटाउने प्रयासमा निर्देशित भयो; जनवरी १९९७ मा १०० वर्षिया एक बाड निर्गम सँग जो एक उच्चतम बिन्दुमा थियो । त्यसपछि यिनलाई एक वित्तीय जादुगर भन्न थाले । उनले रिलाइन्स समूहलाइ भारतको अग्रिणी कपडा, पेट्रोलियम, पेट्रोरसायन, बिजुली तथा दूरसञ्चार कंपनीको रूपमा यसको वर्तमान स्थिति ल्याउन प्रशस्त गरे । अनिल उत्तर प्रदेश विकास परिषदहाल यो परिषद खारेक गरिएको छ । को सदस्य थिए । उनी DA- IICT गान्धिनगरको बोर्ड अफ गभर्नरका अध्यक्ष हुन् र भारतीय प्रौद्योगिकी संस्थान, कानपुरका बोर्ड अफ गभर्नरका सदस्य पनि रहेका छन् ।

                                     

2. पुरुस्कार तथा सम्मान

  • भारतको प्रमुख व्यापार पत्रिका बिजनेस इन्डिया द्वारा डिसम्बर १९९७ मा बिज्नेसमेन अफ दी इयर १९९७ पुरस्कार द्वारा सम्मानित
  • सन २००४ मा प्रतिष्ठित प्लेत्ट्स ग्लोबल एनर्जी अवार्ड द्वारा सीईओ अफ दि इयर घोषित।
  • बम्बे म्यानेजमेन्ट एसोसिएशन द्वारा अक्टूबर २००२ मा दशकका उद्यमी पुरस्कार बाट सम्मानित ।
  • टाइम्स अफ इन्डिया TNS चुनाव द्वारा वर्ष सन् २००६ को लागि बिजनेस अफ दी इयर चुनिए।
  • सेप्टेम्बर २००३ मा एमटीवी यूथ आइकोन अफ दि इयर चुनिए।
                                     

3. बाह्य कडीहरू

  • रिलाइन्स इन्डीया कल
  • रिलाइन्स कम्युनिकेसन
  • रिलाइन्स ADAG
  • अनिल अम्बानी समाचार तथा टिप्पणीहरु द न्युयोर्क टाइम्स मा
  • धीरूभाई अम्बानी सूचना तथा सञ्चार प्रौद्योगिकी संस्थान
  • एडलैब्स सिनेमा
  • रिलाइन्स सम्बन्धि नवीनतम समाचार
  • रिलाइन्स मनी
  • रिलाइन्स एनर्जी
  • रिलाइन्स वर्ल्ड
  • रिलाइन्स नेचरल रिसोर्सेस
  • रिलाइन्स लाइफ इन्स्योरेन्स
  • रिलाइन्स म्युचुअल फण्ड
  • प्रोफाइल फोब्समा
  • एडलैब्स फिल्म
  • Forbes.com: फोर्ब्सको सूचि मा विश्व को सबै भन्दा धनि मानिसहरु
  • रिलाइन्स टेक्नोलोजी वेचर्स लिमिटेड
  • रिलाइन्स कैपिटल
  • रिलाइन्स हेल्थ इन्स्योरेन्स
  • रिलाइन्स जनरल इन्स्योरेन्स
  • प्रोफाइल रिलाइन्स ADAGमा
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →