Back

ⓘ सहकारी को साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत म ..



                                               

सहकारी कार्यालयको कार्यविधि

सहकारी विभाग अन्तरगतका डिभिजन सहकारी कार्यालयहरूको काम र तिनको कार्यविधिः सहकारी सङ्घ/संस्थाहरूको दर्ता, पवर्द्धन एवं सञ्चालनमा सुगमता ल्याउँदै स्थानीय स्तरमा सहकारी सङ्घ/ संस्थाहरूको पवर्द्धन तथा नियमन गर्ने कार्यमा सहकारी ऐन २०४८को दफा २२ वमोजिम रजिष्ट्रारको अधिकार प्रयोग गर्ने गरी अनुसूचीमा उल्लेख भए वमोजिमका डिभिजन सहकारी कार्यालय क्रियाशिल रहेका छन्। यी कार्यालयहरू मध्ये अधिराज्यका चार विभिन्न जिल्लामा रा.प.द्वि.श्रेणीका वरिष्ठ सहकारी अधिकृत, ३४ जिल्लामा रा.प.तृ. श्रेणीका सहकारी अधिकृत तथा वाँकी डिभिजन सहकारी कार्यालयमा रा.प.अनं.प्र. श्रेणीका सहकारी निरीक्षक कार्यालय प्रमुखको रूपमा का ...

                                               

राष्ट्रिय सहकारी संघ

राष्ट्रिय सहकारी महासङ्घ नेपालका सहकारी संघसंस्थाहरूको छाता सङ्गठन हो। सहकारी ऐन २०४८ अनुसार यसको स्थापना २०५० असार ६ गते भएको थियो। महासंघमा हाल देशभरका ३२१ विषयगत सहकारी संघहरू तथा जिल्ला सहकारी संघहरू सदस्य रहेका छन्। त्यसैगरी १२ वटा कर्पोरेट सदस्यहरू पनि छन्। ती विषयगत सङ्घ तथा जिल्ला सहकारी सङ्घ हरू मार्फत तिनमा आबद्ध रहेका देशभरका ३४,५१२ सहकारी संस्थाहरू पनि यस महासंघमा आबद्ध रहेका छन्। महासंघको अध्यक्ष केशव बडाल रहेका छन्। राष्ट्रिय सहकारी महासंघले २०५४ सालदेखि अन्तरराष्ट्रिय सहकारी गठबन्धन International Cooperative Alliance को सदस्यता हासिल गरेको छ।

                                               

राष्ट्रिय सहकारी दिवस

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २०मा मनाइन्छ । नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

                                               

साझा यातायात सहकारी लिमिटेड

                                               

नेपाल सहकारी संस्था लिमिटेड

                                               

बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था

बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिका को निगाली वण्ड क्षेत्रमा संचालित सहकरी संस्था हो।निगाली वण्ड गाँउमा संचालित विद्युत लाईनको रेखदेख र विद्युत मिटर शुल्कको कारोवार सञ्चालन यसै कार्यालयले गर्दछ।

                                               

साझा प्रकाशन

यसको स्थापना वि.सं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त प्रकाशन संस्थाको नाम वि.सं. १९८९ मा नेपाल भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ।

                                               

गणतन्त्र एफएम

यो जनहीतका लागि सूचना, जानकारी र समाचार सम्प्रषण गर्ने सामुदायिक रेडियो हो । जनसन्देश सञ्चार सहकारी संस्था नेपालद्वारा सञ्चालित पूर्वको ऐतिहासिक सामुदायिक रेडियो गणतन्त्र एफ. एम. ९५.१ मेघाहर्जको कभरेज पुर्वको मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको २० जिल्ला भन्दा बढी क्षेत्रमा रहेको जानकारी गराउदछौ । स्थापनाकाल देखिनै यसले आम नेपाली जनतास" ग प्रत्यक्ष्ँ सरोकार राख्ने समसामयिक बिषयवस्तु लगायतका राजनितिक, आर्थिक, सामाजिक र सा" स्कृतिक विकृती एवं विसंगतिहरूको विषयलाई जोडदार रूपले उठाउ" दै आएको तथ्य सबैमा जगजाहेरै छ । नेपाली समाजमा पछाडि पारिएका आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक र दलित उत् ...

                                               

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाण्डौ, नेपाल फोन: ०१ ४२६२३६९, ४२६२७४१, ४२५११३२ Ext: २०२, २११, २१२ फ्याक्स: ४२६२३३७, ईमेल: info dftqc.gov.np spsnepal ntc.net.np dftqc mail.com.np

                                               

साझा यातायात

साझा यातायात सहकारी ऐन, २०१६ अन्तर्गत वि.सं. २०१८मा स्थापित संस्था साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित यातायात सेवा हो । तत्कालीन सरकारले वि.सं.२०५८ माघ ११ गतेदेखि बन्द गराएको साझा यातायात कर्मचारीको उजुरीका आधारमा पुनरावेदन अदालत, पाटनको वि.सं. २०५९ माघ १९ गतेको आदेशपछि सञ्चालनमा आएको थियो । अदालतको आदेशपछि नयाँ व्यवस्थापनसंगै कर्मचारी कटौती गरेर वि.सं. २०६० जेठ १ गतेदेखि आफ्नो सेवा सुरू गरेको साझा यातायात पूर्व कर्मचारीको आन्दोलनका कारण २०६३ साल फागुन १३ गतेदेखि बन्द भएको थियो ।

                                               

जगेडा

जगेडा भन्ना संस्थाको नाफा वा मुनाफाबाट छुट्टाइएको रकम वा सो रकमबाट खडा गरेको कोषहरूलाई जनाउँदछ । जगेडा संस्थाको वित्तीय अवस्था सुदृढ गर्नको लागि तथा भैपरि आउने दायित्वहरूको लागि मुनाफाबाट समायोजन गरी खडा गरिन्छ । जगेडामा रकम छुट्याउदा संस्थाको आन्तरिक वित्तीय क्षमता बढ्न जान्छ तर यसले शेयरधनीले लाभांशको रूपमा प्राप्त गर्ने रकममा कमि ल्याउँदछ तर जगेडाको रकममा शेयरधनीहरुकै हक अधिकार रहन्छ । जगेडा रकमलाई संस्थाको वासलातको पूँजि तथा दायित्व पक्षमा देखाइन्छ ।

                                               

रोसतिलिकोम

रोस दूरसञ्चार रूसको एक प्रमुख लामो दूरी टेलीफोन सेवा प्रदायक हो। यसले घरेलू लामो दूरी सेवा अन्तर्गत कम्पनीको राजस्वको लगभग ५०% प्रदान गर्दछ भने अन्तर्राष्ट्रिय लामो दूरी कलहरूमा लगभग २५% प्रदान गर्दछ। रोस दूरसञ्चारले सबै स्थानीय सार्वजनिक सञ्चालक सञ्जालहरूलाई लामो दूरी सेवाका लागि एउटै सञ्जालमा जोड्दछ। अन्य शब्दहरूमा, यदि एक प्रयोगकर्ताले लामो दूरीको कल गर्दछ वा इन्टरनेट मार्फत जडान रूस देखि रूसमा वा रूस देखि अन्य कुनै देशमा सम्पर्क गर्दछ भने यो सम्भव छ कि रोस दूरसञ्चारले सेवाको एक भाग प्रदान गर्दै छ। कम्पनीको स्टक व्यापार मुख्यतया मस्को एक्सचेन्जमा आधारित छ। सन् २०१० कम्पनीले ३ जी सेवा सु ...

                                               

ढुकुटी (कारोबार)

ढुकुटी गैरकानुनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो। दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्वनिर्धारीत प्रक्रियाबाट छानिएको खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ।

                                               

साझा बस

साझा बस हाल काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधन हो। यसलाई साझा यातायात सहकारी लिमिटेडले सञ्चालन गरेको नयाँ सेवा हो । यो हरियो रङको हुन्छ । सबै यातायात सेवा बन्द भएको १२ वर्षपछि साझाले पुनः आफ्नो सेवा सुरू गरेको हो। तत्कालिन राजा महेन्द्रको अग्रसरतामा २०१८ सालमा साझा यातायात सुरू भएको थियो। त्यसपछि २०२६ सालमा एकचोटी सेवा बन्द भएर पुनः सुरू भएको थियो। ५१ वर्षअघि सरकारले स्थापना गरेको साझा यातायात ०५८ सालमा विघटन भएको थियो। "पञ्चायतकाल र बहुदलकालमा सत्तास्वार्थ र राजनीतिक भर्तीकेन्द्र बनाइएको साझा यातायात टाट पल्टेपछि सरकारले त्यसको विघटन गरेको थियो । पाटन पुनरावेदन अदालतले २०५९ सा ...

                                               

इन्डोस्याट

पिटी इन्डोस्याट टिबिके, इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो। यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इन्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी, र म्याट्रिक्स पर्दछन्। यी ब्राण्डहरू तिनिहरूको भुक्तानी नमूनाका साथसाथै मूल्य निर्धारणमा पनि फरक पर्दछन्। इन्डोस्याटले अन्तर्राष्ट्रिय प्रत्यक्ष सम्पर्क, निश्चित दूरसञ्चार बहुसञ्चार माध्यम जस्ता अन्य सेवा तथा सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ। फेब्रुअरी २०१३ मा क्युटेल, इन्डोस्याटको बहुसङ्ख्यक शेयरधनीले आफ्नो नाम उरिदूमा परिवर्तन गरी कम्पनीको ...

                                               

युनिभर्सिटी अफ द पिपल

युनिभर्सिटी अफ द पिपल एक अमेरिकी गैर-लाभकारी दूरी उच्च शिक्षण संस्था हो जसले स्नातक डिग्री प्रदान गर्दछ। यो २००९ मा उद्यमी शाई रिसेफ द्वारा स्थापित गरिएको थियो।

                                               

नेपालमा सलह संक्रमण

नेपालमा समय समयमा सलह किराको संक्रमण देखिएको पाहिन्छ। सामान्यतया सलह भारतमार्फत नेपाल प्रवेश गरेको देखिन्छ। सलह फट्याङ्ग्रा प्रजातिको किरा हो। एउटा बथानमा लाखौं को सङ्ख्यामा हुने यो फट्याङ्ग्रामा सम्पूर्ण कृषिबालीको बोट–विरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमता रहन्छ।

                                               

नेपालमा महिला रेडियोकर्मी

नेपाली सञ्चार क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । तर भएका मध्ये सबैभन्दा बढी महिला रेडियोमा कार्यरत छन् । काठमाडौँ र काठमाडौँ बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण पनि रेडियोमा महिला उपस्थिति बढेको पाइन्छ । प्रतिस्पर्धी र चुनौतीपूर्ण पेशा मानिने पत्रकारितामा महिलाको संख्या अरु उस्तै पेशाको अनुपातमा गतिलै देखिन्छ । समग्र पत्रकारिताका समस्यामा रेडियोमा काम गर्ने सञ्चारकर्मी महिला पनि मुछिएकै छन् । सुरक्षा तथा सेवा, सुविधाका हिसावले समग्र पत्रकारितामा जुन समस्या छ त्यसबाट सञ्चारकर्मी महिला टाढा हुने कुरै भएन । तर महिला सञ्चारकर्मीका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूले विभिन ...

                                               

आइछिई

आइछिई, बहुराष्ट्रिय चिनियाँ इन्टरनेट निगम बायदुको स्वामित्वमा रहेको एक श्रव्य दृश्य साझेदारी मञ्च वा सेवा हो। यो चीनको सेयर बजार तथा अमेरिकी नसडकमा सूचीकृत छ। यसले सामग्री उत्पादन तथा वितरणको पनि प्रबन्ध गर्दछ। हाल, यसले मुख्यभूमि चीन, हङकङ, ताइवान र मकाउमा सेवा सञ्चालन गर्दछ। यो चीनको पाँच प्रमुख श्रव्य तथा श्रव्य दृश्य मञ्च जस्तै युकु, सोहु, थङ्सिन श्रव्य दृश्य र म्याङ्गो टिभी मध्येको एक हो।

                                               

टेलिकम अफ थाइल्यान्ड

थाइल्यान्ड टेलिफोन सङ्घ थाइल्यान्डमा राज्यको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो । यो सन् १९९४ मा स्थापित भएको थियोे र यसले २००२ मा निगमको रूपमा सेवा सुरुवात गरेको थियोे । यो थाइल्यान्ड टेलिफोन सङ्गठन र थाइल्यान्ड टेलिफोन निगम सार्वजनिक कम्पनी लिमिटेडको रूपमा पनि चिनिन्छ । कम्पनीका वर्तमान अध्यक्ष श्री मोन्चाइ नोसोङ हुन् जो १६ नोभेम्बर २०१५ मा यस पदमा नियुक्त भएका थिए । यो थाइल्यान्डको सबैभन्दा पुरानो वा पहिलो दूरसञ्चार सेवा प्रदायक हो । यसको मुख्य कार्यलय थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको छ । जनवरी २०१७ मा, सन् २०१६ को वित्तीय विवरण का अनुसार ३०८ करोडको कुल राजस्व रहेको थियोे भने ब्या ...

सहकारी
                                     

ⓘ सहकारी

सहकारी को साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।

                                     

1. सहकारीको परिचय

सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुर्इ वा दुर्इ भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो। सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।

                                     

2. सहकारीको उद्देश्य

यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ। सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ:

                                     

2.1. सहकारीको उद्देश्य न्यायिक उद्देश्य

उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।

                                     

2.2. सहकारीको उद्देश्य आर्थिक उद्देश्य

सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाई जात-जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरूपले आर्थिक कारोवार गर्ने, जस्तो, व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।

                                     

2.3. सहकारीको उद्देश्य सामाजिक उद्देश्य

समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले मानिसहरूमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । समाजका पछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरूलाई सामुहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ।

                                     

2.4. सहकारीको उद्देश्य शैक्षिक उद्देश्य

आफ्ना सदस्यहरूको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ।

                                     

3. सहकारीका विशेषताहरू

  • संस्थापक र संचालकहरूको लगानि नाम मात्रको अन्यन्त थोरै नभई स्वभाविक हुन्छ।
  • नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत सङ्कलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।
  • संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।
  • सहकारी समुदायले गर्ने व्यवसाय हो।
  • शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।
  • संस्थाले विनियमका साथै विभिन्न निति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू सञ्चालन गरिएका हुन्छन् ।
  • सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ।
  • संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।
  • प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।
  • संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।
  • सहकारीमा पूँजीको हैन सदस्यको महत्त्व हुन्छ।
  • संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।
                                               

बखानपुर ऋण सहकारी संस्था

बखानपुर ऋण सहकारी संस्था लाई नेपालको पहिलो सहकारी संस्था मानिन्छ । यसको स्थापना वि. सं. २०१३ चैत २० गते चितवनमा भएको थियो । बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको हो । यसै दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

                                               

शैलेन्द्रप्रसाद साह

सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह नेपालको प्रदेश २ सरकारमा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री हुन् । अत्यन्त सरल, सहज र मृदुभाषी स्वाभावका साह सप्तरी क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

                                               

भिन्डी बजार

भिन्डी बजार निगाली बण्ड गाँउको मध्य भागमा अवस्थित छ।जहाँ तिन ओटा बाटाहरु एक ठाँउमा जोडिएका छन।यो बजारको नजिकै पश्चिम पट्टि कालिका माध्यमिक विद्यालय निगाली-बण्ड रहेको छ।स्थानिय बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था को कार्यालय पनि यसै बजारमा रहेको छ।बंक बजारबाट उत्तर पश्चिम 30 मिनेटको पैदल यात्रा मा भिन्डी बजार पुग्न सकिन्छ।भिन्डी बजारबाट करिब 20 मिनेट पैदल हिडेर पहरिया बजार पुग्न सकिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →