Back

ⓘ भूगोल - भूगोल, जनसङ्ख्या घनत्व, हिमालय, वायु पुराण, देश, ब्रह्माण्ड पुराण, पार्क, झेलम नदी, केन नदी, कोरिया जलसन्धि, अरावली, आँधिखोला, इम्जा खोला, उत्तर भारत ..



                                               

भूगोल

भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन। ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ। भौतिक भूगोल आर्थिक भूगोल मानव भूगोल विश्वका राष्ट्र भूगोल

                                               

जनसङ्ख्या घनत्व

जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान्छेको निम्ति प्रयोग हुन्छ।

                                               

हिमालय

हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" । सगरमाथा ८८४८ m, के२ ८६११ m र कञ्चनजङ्घा ८५८६ m समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

                                               

वायु पुराण

यस पुराणमा शिव उपासना चर्चा धेरै भएका कारण यसलाई शिवपुराणको दोस्रो अङ्ग मानिन्छ, फेरि पनि यसमा वैष्णव मतमा विस्तृत प्रतिपादन मिल्दछ। यसमा खगोल, भूगोल, सृष्टिक्रम, युग, तीर्थ, पितर, श्राद्ध, राजवंश, ऋषिवंश, वेद शाखाहरू, संगीत शास्त्र, शिवभक्ति, आदिको सविस्तार निरूपण छ।

                                               

देश

देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले मुलुक र राज्य दुवैलाई जनाउँछ । विश्वमा अनेक देशहरू छन् ।

                                               

ब्रह्माण्ड पुराण

ब्रह्माण्डको वर्णन गर्ने वायुले व्यास जीलाई दिएका यस बारह हजार श्लोकहरूको पुराणमा विश्वको पौराणिक भूगोल, विश्व खगोल, अध्यात्मरामायण आदि विषय छन्। हिंदू संस्कृतिको स्वाभाविक अनि स्पष्ट रूपरेखा वैदिक साहित्यमा सर्वाधिक पुराणहरूबाट नैं पाइन्छ, यद्यपि यो श्रेय वेदहरूलाई दिइन्छ। भनिन्छ कि वास्तवमा वेद पनि आफ्नो विषय व्याख्याकालागि पुराणहरूमाथि नैं आश्रित छन्।

भूगोल पार्क
                                               

भूगोल पार्क

भूगोल पार्क एउटा ठाउँको नाम हो । यो काठमाडौंको न्युरोडमा पर्छ । १९९० सालको भुकम्प पछि श्री ३ जुद्ध शमशेरले यस पार्कको निर्माण गरी अभिलेख राखेका थिए। त्यतिबेला दिनको एकचोटी जुद्धशमसेर हात्तीमा चढेर घुम्न आउथे। प्रत्येक वर्ष माघ २ मा यहाँ भुकम्प दिवसको कार्यक्रम हुने गर्छ। यस पार्कमा निशुल्क रूपमा घुम्न र अवलोकन गर्न सकिन्छ ।

झेलम नदी
                                               

झेलम नदी

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। झेलम उत्तरी भारतमा बग्ने एउटा नदी हो। वितस्ता झेलम नदीको वास्तविक नाम हो। कश्मीरी भाषामा यसलाई व्यथ भन्दछन्। यसको उद्भव वेरीनाग नामको नगर नजीकबाट भएको हो।

केन नदी
                                               

केन नदी

केन यमुनाको एक उपनदी वा सहायक नदी छ जो बुन्देलखंड क्षेत्रदेखि गुजर्दछ। विशेषतया मन्दाकिनी तथा केन यमुनाको अन्तिम उपनदीहरू छन् किनभनें यसका पछि यमुना गंगासित गएर मिल्दछ। केन नदी जबलपुर, मध्यप्रदेशबाट प्रारम्भ हुन्छ, पृष्ठमा यसबाट धेरै धाराहरू आएर जोडिन्छन् र फेरि बाँदा, उत्तरप्रदेशमा यसको यमुनासित संगम हुन्छ। यस नदीको "शजर" ढुङ्गा प्रसिद्ध छ।

कोरिया जलसन्धि
                                               

कोरिया जलसन्धि

दक्षिण कोरिया र जापानको बीच रहेको साघुरो समुन्द्री मार्ग कोरिया जल सन्धिले पुर्व चीन सागर, पंहेलो सागर र जापानको सागरलाई जोड्छ | कोरिया जलसन्धि विश्वको एक प्रमुख जलसन्धि हो |

अरावली
                                               

अरावली

अरावली भारतको पश्चिमी भाग राजस्थानमा अवस्थित एउटा पर्वत शृङ्खला हो। भारतको भौगोलिक संरचनामा अरावली प्राचीनतम पर्वत हो। यो संसारको सबैभन्दा प्राचीन पर्वत शृङ्खला हो, जसले राजस्थानलाई उत्तरबाट दक्षिण दुई भागमा बाडदछ। अरावलीको सर्वोच्च पर्वत शिखर सिरोही जिल्लामा गुरुशिखर हो, जो माउण्ट आबूमा छ।

                                               

आँधिखोला

आँधिखोला नेपालको एक नदी हो । यो नदी स्याङ्जा जिल्लाको विच भागबाट वगेको छ। यो खोला स्याङ्गजा जिल्ला को मिर्मि भन्ने ठाउमा गएर कलि गण्डकी मा मिसिन्छ. जहाँ कलि गण्डकी जल बिधुत आयोजना को बाँध छ,

इम्जा खोला
                                               

इम्जा खोला

इम्जा खोला दुधकोशी नदीको सहायक नदी हो । खुम्बु हिमनदी पगलेर लोबुज्या नदीमा मिसिन्छ, जुन दक्षिणी दिशामा इम्जा खोलाको रूपमा तेङ्गबोचे नजिक दुधकोशी नदीको सहायक नदीको रूपमा बग्ने गर्दछ । इम्जा खोलाले दिङ्गबोचे उपत्यकाको इम्जा हिमनदीबाट पानी संचित गर्दछ । इम्जा खोला

उत्तर भारत
                                               

उत्तर भारत

उत्तर भारत भारतको उत्तरी भाग हो यस अन्तर्गत निकै भौगोलिक क्षेत्रहरू रहेका छन् । उत्तर भारत भित्र तराई पहाड र मरूभूमि आदि स्थान समेटिएका छन् । प्रधान भौगोलिक क्षेत्रमा गङ्गा नदीको किनारामा अवस्थित ठाउँहरू र उत्तर भागको हिमाली पर्वतमाला पर्दछन, यही पर्वतमाला भारत र चीनको सिमाना पनि हो । यसै अन्तर्गत उत्तर भारत मौर्य, गुप्त, मुगल र ब्रिटिश साम्राज्यको ऐतिहासिक थलो पनि रहेको छ ।

एन्डिज
                                               

एन्डिज

एन्डिज दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा लामो हिमश्रृङ्खला हो। यसको लम्बाई ७,००० किलोमिटर, चौडाई लगभग २०० किलोमिटर देखि ७०० किलोमिटर र औसत उचाई ४००० मिटर छ।

ककेसस पर्वत
                                               

ककेसस पर्वत

ककेसस पर्वत युरेसिया क्षेत्रमा पर्दछ । यो पर्वतसृङ्खला कृष्ण सागर र क्यास्पियन सागरको बीचमा रहेको ककेसस क्षेत्रभित्र पर्दछ । यहाँको उच्चतम् शिखर माउन्ट एल्ब्रस हो ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →